सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दबाब



काठमाडौं,साउन १५ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैध रूपमा भित्त्याइएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ ।

लेखा समितिको आइतवारको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

‘यो विषय संसद्मा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन । तर उच्चस्तरीय समिति बनाएर गम्भीर रूपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ,’ ज्येष्ठ सदस्यका रूपमा समितिको सभापति रहेका अर्जुननरसिंह केसीले भने । लेखा समितिको बैठकमा अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि सांसदहरूले माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्