नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने

काठमाडौं,साउन १५ । नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट अझै सहमति नभएपछि ससद अवरोध कायम हुने भएको हो ।
विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।