ठेक्काको म्याद थप लगायतका माग राख्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन

काठमाडौं,साउन १५ । निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
ठेक्काको म्याद थप लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेज लगायतका नौ बुँदे माग राखेका छन् । आन्दोलित निर्माण व्यवसायीहरूले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।