एमालेले अडान कायमै राखेपछि आजका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं,साउन १५। सुन प्रकरणमा गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान कायम नै भएपनि बैठक भोलि १ बजेका लागि सारेको हो । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता रहेको बताउदै आएको छ ।
एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।