साइप्रस पठाइदिन्छु भन्दै लाखौ रकम ठगी गर्ने सिन्धुलीका राजन गिरी पक्राउ



काठमाडौं,साउन १५ । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राए गरेको छ ।

सिन्धुली सुनकोशी गाउँपालिका ३ का ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्