नुवाकोट–काठमाडौँ पत्रकार समाज गठन, संयोजकमा जमकट्टेल
काठमाडौँ,साउन १५ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन ’नुवाकोट– काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ ।
सोमबार राजधानीको युनियन हाउसमा आयोजित एक भेलाका बीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् । यसैगरी सदस्य सदस्यहरुमा प्रकाश पुडासैनी, राजन ढकाल, प्रशन्न ढुंगाना, हरि भेटवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरी रहेका छन् ।
नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरु एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरुमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ ।
संयोजक चयन भएपछि जमकट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए । ’राजधानी नजिकै भएपनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरु छन् । यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न समाजको माध्यममार्फत हामी लाग्नेछौँ’, उनले भने ।