गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान सरकारको आग्रह

काठमाडौं,साउन १६ । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान नेपाली नागरिकहरुसँग आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै यसबारे सजग रहन अनुरोध गरेको हो ।
विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
