मोरङका मिटरब्याज पीडित विनित सोनारको मृत्यु

काठमाडौं,साउन १७ । मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो ।
साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका सोनारको बुधबार मृत्यु भएको हो ।