७० वर्षीय पुरुष मृत फेला

गुल्मी,साउन १८ । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । बिहीबार जिल्लाको मालिका गाउँपालिका –३, ह्वाङ्दीका ७० वर्षीय नन्दे विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार बिहान अन्दाजी ५ बजेको समयमा सोही गाउँपालिकाको वडा –२, दर्लिङमा रहेका आफ्ना भतिजाको घर भेटघाटका लागि गएका विक साँझ ४ः३० बजे त्यहाँबाट फर्किएका थिए । साँझसम्म घर नआएको कारण आफन्तहरूले खोजतलास गर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार खोजतलास गर्दैजाँदा पासेखोलास्थित कच्चि मोटर बाटोबाट अन्दाजी ३०० मिटर तल मृत अवस्थामा फेला परेका थिए ।