रक्तदाता कर्माचार्यद्वारा १७५ पटक रक्तदान
![](https://www.sajhapath.com/wp-content/uploads/2023/08/20230803_220447.jpg)
काठमाडौं,साउन १८ । नेपालको सर्वाधिक रक्तदाताको पहिचान बनाएका प्रेमसागर कर्माचार्यले १७५ औँ पटक रक्तदान गरेका छन् ।
बर्दियाको भुरीगाउँमा आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाको आयोजनामा भएको कार्यक्रममा उनले बुधबार रक्तदान गरेका हुन् ।
हालै रक्तदाता सम्राट्बाट विभूषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहनुभएका उनले रक्तदान गर्ने अरूका लागि प्रेरणाको स्रोत बन्दै आएका छन् । ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले सर्वाधिक रक्तदान गर्नुहुने कर्माचार्यलाई सो अवसरमा सम्मानपत्रले सम्मानित गरे ।
उपप्रमुख बिनाकुमारी भट्टराईले स्वागत गरेको सो रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी २०७ जनाले रक्तदान गर्नुभएको आयोजक संस्थाले जनाएको छ ।