नदीले बगाएर तीर्थयात्री बेपत्ता



तनहुँ,साउन १९ । नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् ।

तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र काली गण्डकी नदीको संगमस्थल) बाट बेपत्ता भएका हुन् ।

देवघाट दर्शन गर्न आउनु भएका  दाङ जिल्लाको  तुलसीपुर नगरपालिका –१२ बस्ने वर्ष ३२ को लोकेन्द्र भुसाल बेपत्ता भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्