अब प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रुपमा अनलाइनमार्फत

काठमाडौं,साउन १९ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले गत ८ गते कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिन भित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरू अनलाइनमार्फत गरिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरू अनलाइनमार्फत हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छ्याएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता थियोे ।