प्रधानमन्त्री निवास अगाडि व्यवसायीहरुको धर्ना, माग सम्बोधन नभए निर्माण कार्य ठप्प पार्ने

काठमाडौं,साउन १९ । निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।
शुक्रबार पनि ब्यवसायिहरुले निर्माण उपकरणसहित भेला भएर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारलाई दववा दिएका हुन् ।
माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।