टोखा-छहरे अन्तर्गत झोरमा सडक भासिएपछि टोखा नगरको चासो



काठमाडौं,साउन १९ । टोखा-छहरे सडक अन्तर्गत झोरमा सडक भासिएपछि टोखा नगरपालिकाले चासो राखेको छ ।

बिहीबार नगरका मेयर प्रकाश अधिकारीसहितको टोलीले भासिएको सडकको अवलोकन गर्दै तत्काल सडक विभागको इन्जिनियर टोली खटाएको छ ।

नापजाँच पश्चात् तत्काल बजेट ब्यवस्थापन र निर्माण कार्य सक्न मेयर अधिकारीले विभागसग अनुरोध गरेका छन् । सडक डेढ सय मिटर चिरिएर भासिएको छ ।

हाल एकतर्फी आवतजावत गरिएको छ । मौसम हेरेर ठूला तथा हेभी गाडी आवतजावतमा सतर्कता अपनाउनु पर्ने टोखा नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष्य श्रीकृष्ण अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्