स्याङजामा बोलेरो दुर्घटना, १२ जना घाईते
![](https://www.sajhapath.com/wp-content/uploads/2023/08/20230805_080314.jpg)
स्याङ्जा, साउन २० । स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् ।
घाइतेहरुको गण्डकी अस्पताल पोखरा र केही घाइतेहरुको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।