नुवाकोट तुप्चेको अधेरी खोलाले बगाउँदा खड्का बेपत्ता

नुवाकोट,साउन २० । जिल्लास्थित तुप्चेको अधेरी खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका प्रदिप खड्कालाई खोलाले बगाएर बेपत्ता बनाएको हुनसक्ने स्थानीयले बताएका छन् ।
खड्का आउँटारबाट तुप्चे (रातमाटे) तर्फ जानेक्रममा राती खोलाले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।शुक्रवार राती पानी परेसँगै अधेरी खोलाको पुलमाथिसम्म पानी बगेको थियो ।
अधेरी खोलाबाट झण्डै एकसय मिटर तल उनले चढ्ने गरेको बा ८९ प ९५३८ नम्बरको कालो रङको पल्सर मोटरसाईकल र रेनकोट भने भेटिएको प्रहरी जनाएको छ ।