नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन,साउन २०। नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
शनिबार दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ । उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।