सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,साउन २१ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन (शुक्रबार) स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य भने पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनसोही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।