राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं,साउन २२ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती) ले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताए । सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको जिकिर गर्दै उनले यसबारे निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएकामा जोड दिइन ।
“सुन तस्करको जरैसम्म पुगेर अनुन्धान गर्न समिति आवश्यक छ, सामन्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो ?”, उनले भने, “यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ ।”