लघु चलचित्र ‘परदेशी संयोग’ प्रदर्शन



काठमाडौं,साउन २२ । लघु चलचित्र ‘परदेशी संयोग’ मकाउमा प्रदर्शन गरिएको छ ।

चलचित्र एक समारोहका बीच आइतबार होटल लार्कमा प्रदर्शन गरिएको हो ।

परदेशमा रहेर आफ्नै नेपाली मौलिक कला संस्कृति झल्कने र बिदेशिएका लाखौं नेपालीको कथा सो लघु चलचित्रमा समेटिएको छ । सुदर्शन थापामगरको निर्माण, श्रीराम पोखरेलको निर्देशन /कथा/पटकथा/ सम्पादन र डोन मगरको भिडियो ग्राफीका साथै मुख्य कलाकारहरुमा संगिता खनाल (अधिकारी), शुरज अधिकारि ,राम राना मगर, त्रीपक श्रीष मगर,निर्मला राना मगर लगायतका कलाकारले अभिनय गरेका छन् ।

सो चलचित्र हेरेपछि कथा तथा निर्माणको तारिफ दर्शकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्