रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु



काठमाडौं,साउन २३ । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र १८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्