सस्तियो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ?



काठमाडौं,साउन २४ । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । सो दिन छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख १२ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तर, आज भने घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधवार चाँदीको भाउ १ हजार ३९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्