सङ्खुवासभा कारागारमा नुवाकोट ककनीका बलामीसहित दुई कैदीबन्दीको मृत्यु



संखुवासभा,साउन २४ । जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका  डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

मङ्गलबार राति १ बजे कारागारको शाैचालयबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए । 

उनीहरु बुधबार बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । जेलर घिमिरेका अनुसार जिल्ला अस्पतालमा उपचारका क्रममा दुवै जनाको बिहान ६ बजे मृत्यु भएको हो ।  उनीहरुको शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्