सडकमा गाडी तेर्स्याएर ट्याक्सी व्यवसायीहरूले गरे आन्दोलन



काठमाडौं,साउन २६ । विभिन्न ९ बुँदे माग राखी काठमाडौंमा ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । 

निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायतका माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूले बुधवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्