गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद शर्मा ‘शैक्षिक प्रमाणपत्र छानबिनका लागि’ पक्राउ



काठमाडौं,साउन २६ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनी राजधानीको टोखा क्षेत्रबाट पक्राउ परेका हुन् । 

शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले पुष्टि गरे । 

यही साउन २ गते सिनामंगलबाट बरामद गरिएको १५५ किलो सुन भित्र्याउनुमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै उनले संसदमै केही दिनअघि दुवैको राजीनामा मागेका थिए । 

प्रतिक्रिया दिनुहोस्