‘प्रकृति रक्षाका लागि चेतना जगाउन’ ललितपुरमा चरा र भगवानको मूर्ति र पेन्टिङ प्रदर्शनी



काठमाडौं,साउन २५ । ललितपुरको कुपण्डोलमा चरा र भगवानको मूर्ति र पेन्टिङ प्रदर्शनी गरिएको छ । ‘प्रकृति, जहाँ देवीदेउता बस्नुहुन्छ’ भन्ने थिममा बोधिसत्व ग्यालरीले कुपण्डोलस्थित आफ्नै कार्यालयमा सोमवारदेखि प्रदर्शनी गरेको हो । 

प्रकृतिको रक्षाका लागि चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको बोधिसत्व ग्यालरीका निर्देशक प्रज्ज्वलमान शाक्यले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा चरादेखि भगवान शिव–पार्वतीका पेन्टिङ राखिएका छन् । तीमध्ये शिव–पार्वतीका पेन्टिङ सिने कलाकार उदयचरण श्रेष्ठले बनाएको उनले बताए ।  

प्रदर्शनीमा युवालाई आकर्षित गर्न डिजिटल एनिमेसन राखिएको उनले जानकारी दिए । उक्त डिजिटल एनिमेसनमा असनको देउता देखाइएको उनको भनाइ छ । प्रदर्शनी आगामी भदौ ४ गतेसम्म चल्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्