रास्वपाले सदन अवरोध भएको समयको सेवा सुविधा नलिने घोषणा



काठमाडौं,साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् ।

संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।

साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ । गत साउन १० यता लगातार संसद बैठक अवरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्