गृहमन्त्री अब रोष्टममा जाँदा राजीनामा बोकेर जानुस् : ओली



काठमाडौं,साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् ।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको बताए । तर रोष्ट्रममा गएर ठूला गफ दिएको उनले बताए ।

‘गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, ओलीले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’

प्रतिक्रिया दिनुहोस्