काठमाडौंबाट हेटौंडा जादै गरेको सुमो ज्यामिरे डाँडामा पल्टियो
काठमाडौं,साउन २८ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ ।
काठमाडौंबाट हेटौंडातर्फ गइरहेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा सुमो चालकको खुट्टामा चोट लागेको बताइएको छ । सुमोमा सवार ९ जनाको अवस्था सामान्य रहेको बताइएको छ । सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको उल्लेख छ ।

