गत आवमा ७७ प्रतिशतले घट्यो स्याम्पु आयात



काठमाडौं,साउन २९। गत आर्थिक वर्ष (आव)मा स्याम्पुको आयात घटेको छ । भन्सार विभागको अनुसार नेपालले गत आवमा ६३ करोड २१ लाखको स्याम्पु आयात गरेको हो । उक्त मूल्यको १३ लाख २७ हजार लिटर स्याम्पु नेपाल भित्रिएको छ ।  

आव २०७८/७९ मा नेपालले १ अर्ब १२ करोडको स्याम्पु आयात गरेको थियो । उक्त मूल्यको ५९ लाख ५ हजार लिटर स्याम्पु नेपाल आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा स्याम्पुको आयात परिमाणमा ७७ प्रतिशत र मूल्यमा ४३ प्रतिशतले घटेको छ । 

नेपालले भारत, चीनसहित बंगलादेश, अर्जेन्टिना, अस्ट्रेलिया, बहराइन, ब्राजिल, क्यानडा, इस्टोनिया, फ्रान्स, जर्मनी, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, भियतनाम लगायतका देशहरूबाट स्याम्पु आयात गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्