एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता
काठमाडौं,साउन ३० । एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीमा असन्तुष्ट रहेका रावल र अध्यक्ष ओलिबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशन पछि अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । रावलले चुनाव लड्न टिकट समेत प्राप्त गरेका थिएनन ।
केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

