डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो, पेट्रोल प्रतलिटर १७५ रुपैयाँ पुग्यो



काठमाडौं,साउन ३१ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएकाले मंगलबार बसेको निगम व्यवस्थापनको बैठकले मूल्य बढाएको हो । 

बढेको मूल्य अनुसार डिजेलमा र मट्टीतेलमा समान प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्ती छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो बर्गमा १७५ रुपैयाँ ५० पैसा, दोस्रो बर्गमा १७७ र तेस्रो बर्गमा १६८ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १६४ रुपैयाँ ५० पैसा, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम छ।

प्रतिक्रिया दिनुहोस्