वित्तीय संस्था कर्मचारी संघमा नयाँ नेतृत्व, १३ सदस्यीय समितिको अध्यक्षमा अच्युतम् पौडेल



काठमाडौ,भदौ ११ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यसमितिको अध्यक्षमा अच्युतम् पौडेल, उपाध्यक्षमा शान्ता ढुङ्गाना, महासचिवमा सूर्यप्रसाद दाहाल, उपमहासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रदीप अधिकारी, सल्यान केसी,  निशा खतिवडा, रविन विक र प्रकाश गौतम रहेका छन् । 

महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार चयन  भएका छन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्री पाण्डे र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्