एमाले बागमती प्रदेश अध्यक्षमा चार जनाको उम्मेदवारी



काठमाडौं,असोज १० । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि बिहान ८ बजेबाट निर्वाचन हुने बताइएको छ । त्यसैगरी, ईश्वरचन्द्र पोखरेल, सुवासचन्द्र ठकुरी, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलासहित पाँच जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सचिवमा भने नवराज सिलवाल, रत्न गुरुङ, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्