सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ
काठमाडौं,मंसिर १ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको हो।
सोमबार प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ।

