एमाले बागमती निर्वाचन : मतदान शुक्रबार विहानदेखि



काठमाडौं,असोज ११ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमाका लागि नेतृत्व छान्न शुक्रबार विहानदेखि मतदान हुनेभएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बिहीबार साँझ ८ बजेसम्म उम्मेदवारी फिर्ता गराउने र सहमतिको प्रास जारी रहने जानकारी दिए ।

उनका अनुसार बिहीबार बेलुका ९ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकशन गर्नेगरी समय हेरफेर भएको छ । उनले शुक्रबार बिहान ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदान हुने जानकारी दिए । एमाले बागमती प्रदेश अध्यक्षमा केशव पाण्डे, सानुकुमार श्रेष्ठ, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहालको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्