नेपाल तरुण दल भद्रुटारको अध्यक्षमा शंकर सिटौला
नुवाकोट,असोज १२ । नेपाल तरुण दल पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको नयाँ कार्यसमिति गठन गरिएको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा शंकर सिटौला चयन भएका छन् । नुवाकोट क्षेत्र नम्बर २ तरुण दलका सन्दीप तामाङको प्रमुख उपस्थितिमा नयाँ कार्यसमिति चुनिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा समीर सुवेदी, सचिवमा केशवराज पाण्डे, सहसचिवमा रामचन्द्र मगर, कोषाध्यक्षमा पुष्कर गिरी चयन गरिएको छ ।
कार्यक्रममा पञ्चकन्या गाउँपालिका नेपाली काङ्ग्रेसका सभापति माधबप्रसाद खनाल, काङ्ग्रेसका रामजङ्ग बुढाथोकी, डिल्लीबहादुर थापा, अर्जुन गिरी, माधब सिटौला लगायतको उपस्थिति रहेको थियोे ।