एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित



काठमाडौं,असोज १३ । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले हराउँदै ६ सय ९६ मतका साथ ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।

यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्