नुवाकोट एफएमको १५औं वार्षिकोत्सबमा खैंचडी भजन प्रतियोगिता सम्पन्न



सामुदायिक रेडियो नुवाकोट एफएमको १५औं वार्षिक साधारणसभाको अवसरमा खुला खैंचडी भजन प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार एक समारोहका बीच विदुरको इलम प्रशिक्षण केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा ॐकारेश्वर भजन समूह बेलकोटगढी ८ प्रथम भएको छ । प्रतियोगितामा भैरमकोट भजन समूह द्वितीय र कालिका भजन समूह कालिका रसुवा तृतीय भएको छ ।

विजेता समूह प्रथम, द्वितीय र तृतीयले क्रमशः रुपैंयाँ २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेताहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पर्यटन व्यवसायी सुमन पाण्डे, नुवाकोट एफएमका अध्यक्ष शिवप्रसाद अधिकारी, शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, म्यागङ गाउँपालिकाका उपाध्यक्ष सीता तामाङ र नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारीले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विविध सास्कृतिक समूहले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा प्रथम हुन सफल समूहको भजन हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्