नुवाकोट पञ्चकन्या वाइसीएलको अध्यक्षमा सुरेन्द्र तामाङ



नुवाकोट,असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन याेङ्ग कम्युनिष्ट लिग (वाइसीएल) पञ्चकन्याको अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् ।

शनिबार पञ्चकन्या गाउँपालिकामा भएको भेलाले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै संगठनको उपाध्यक्षमा प्रकाश खतिवडा, विवश बोहरा, भुवन ढकाल सहसचिवमा केशव खनाल, सुनिल तामाङ, सुवास तामाङ, श्रीकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा उमेश तामाङ चयन भएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुर्ब मन्त्री हितबहादुर तामाङ, केन्द्रिय सदस्य पुस्प बिक्रम मल्ल तथा केन्द्रिय सदस्य ईश्वर चन्द्र ज्ञवाली,प्रदेशसभा सदस्य तेजबहादुर तामाङ ,सुवास तामाङ, प्रमोद श्रेष्ठ, वाइसियल बागमती प्रदेश सह-इन्चार्ज सुरज लामा लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्