सभापति खनालको निधन



ओखलढुंगा,असोज १४ । जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति डिल्लीराम खनालको निधन भएको छ । शनिवार राती १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैँमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो ।

खनाल लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए । सभापति खनाल केही महिना अघि अवस्था भएपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको नेपाली काँग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले बताए । यस अघि नेपाल तथा भारताका विभिन्न अस्पतालमा उनको उपचार प्रयास गरिएको खनालले जानकारी दिए । 

खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय सभापति बनेका थिए । खनाल नेपाली काँग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाको पूर्व कोषाध्यक्ष, उपाध्यक्ष साथै महासमिति सदस्य समेत भई सकेका थिए । उनको दुई छोरा र दुई छोरी छन् । 

प्रतिक्रिया दिनुहोस्