माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु



डडेल्धुरा,असोज १४ । भित्रिमधेश क्षेत्र आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

करेन्ट लाग्दा आलिताल गाउँपालिका–७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार विद्युतको मेन लाइनबाट तार तानेर सुन खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर भाटको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्