दशैंका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

काठमाडौं,असोज १४ । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने अन्तिम तयारी गरेको छ । विभागले घटस्थापनाको एक साता अघि नै दशैंका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी गरेको हो ।
अहिलेसम्म मिति किटान नभए पनि गत सालजस्तै यस वर्ष पनि एक साता अघिबाट नै अग्रिम टिकट खोल्ने तयारी भएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।
घटस्थापना असोज २८ गते रहेको छ । पनेरुले एक साता अघि अथवा असोज २१ वा २२ गतेदेखि अग्रिम टिकट बुकिङ् खोल्ने विषयमा छलफल भइरहेको बताए ।
उपत्यकाबाट दशैँका लागि करिब २० लाख मानिस बाहिर निस्कन सक्ने विगतको तथ्याङ्कले देखाउछ ।