अभिनेता अनमोल केसी रिहा



काठमाडौँ,असोज १४ । अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा भएका छन् ।

शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

अनमोलविरुद्ध प्रहरीले  आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्