उद्योग सचिव मरासिनीसहित ९ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर

काठमाडौं,असोज १५ । उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहित ९जना विरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।
राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार मुद्दा दायर भएको हो ।
उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरुलाई सरकारको सम्पत्ति गैरकानुनी तवरले हानी नोक्सानी गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी २५ करोडमा पेमेन्ट गेटवे प्रणाली खरिद गरेको भन्दै उजुरी परेको थियो ।
नेशनल पेमेन्ट गटेवे राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक उपाध्याय समेतको मिलेमतो र योजनामा ६ वर्ष अघि खरिद गरिएको थियो । तर, हालसम्म प्रयोगमा आउन सकेको छैन ।