नेपाल महिला कबड्डीमा इरानसँग पराजित



हाङझाउ, असोज १६ । १९औँ एसियाड अन्तगत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार इरानसँग पराजित भएको छ । 

समूह ‘बी’ अन्तर्गत साओशन गुआली स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाल इरानसँग ४३–१९ ले पराजित भयो । नेपालले समूहको पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराउँदै पदक जित्ने सम्भावना लगभग पक्का बनाएको थियो । नेपाल साबिक विजेता इरानसँग त्यति जम्न सकेन । 

पहिलो हाफमा १९–११ ले पछि परेको नेपाल दोस्रो हाफमा २४–८ ले पराजित भएको थियो । अब बुधबार हुने खेलमा इरानले बङ्गलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल प्रवेश गर्ने टोलीको कम्तीमा कांस्य पदक सुरक्षित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्