फेरी पश्चिम नेपालमा ६.३ म्याग्निच्युड शक्तिशाली भूकम्प, स्थानिय त्रासमा

काठमाडौँ,असोज १६ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको हो । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भुकम्पपछि स्थानिय त्रासमा परेका छन् । स्थानियहरु होहल्ला गर्दै बाहिर निष्किएको थिए ।