शक्तिशाली भूकम्पपछि सुदुरका सयौं घरमा क्षति



काठमाडौँ,असोज १६ । २ः४१ बजेमा बझाङको तल्कोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भुकम्प जान नपाउँदै फेरि अर्को भुकम्प ३ः०६ बजेमा पुनः ६.३ रेक्टरको भुकम्प गएको छ ।

भुकम्प पछि क्षतिका विवरणहरु आइरहेका छन् । भूकम्पले वाल विकास मावि जयपृथ्वी नगरपालिका ४ गोलाईको भवन भत्काएको छ । भूकम्पका कारण बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन्।

भुकम्पको कारण विन्ध्यवासिनि मावि दर्नाको विज्ञान भबनबाट हाम फाल्दा सन्तोष साउद घाईते भएकाछन् । सुदुरका सयौं घरमा क्षेति भएको स्थानियहरुले बताइ रहेका छन् ।

साथै, खोड्पे चैनपुर सडकको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को कचरी खोलामा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्