बजार अनुगमन थप सक्रिय बनाउन सरकारको निर्देशन



काठमाडौं,असोज १६ । सरकारले चाडबाडको समयमा महँगी एवम् कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनका सम्पूर्ण संयन्त्र थप सक्रिय बनाउन निर्देशन दिएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा महँगी सम्बन्धमा छलफल हुँदा सार्वजनिक निकायले तत्काल देशभरि सुपथ मूल्यको बजार सञ्चालन गर्न, बजार अनुगमनका सम्पूर्ण संयन्त्र थप सक्रिय र क्रियाशील बनाउन एवम् जो जानकारी सम्बन्धित निकायमा दैनिकरुपमा सम्प्रेषित गर्न निर्देशन दिइएको जानकारी दिइन । 

सञ्चारमन्त्री शर्माले भनिन, “आसन्न चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैर खाद्य वस्तुहरूको कृत्रिम अभाव सिर्जन गरी अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गर गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने जस्ता कार्य नगर्न, नगराउन सम्पूर्ण उद्योग व्यवसायीलाई अनुरोध गर्दछ ।”

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति वा फर्मलाई कानुन बमोजिम कडा कारबाही गर्नका लागि कोही कसैसँग सूचना भए सो जानकारी हलो सरकार, वाणिज्य विभागको पोर्टल वा ट्रोल फ्रि नम्बर ११३७ मा सूचना दिन अनुरोध गरिएको उमको भनाइ छ । उनले आजको बैठकले विशेष अदालतसम्बन्धी नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन । यस्तै, निर्माणजन्य सामाग्री, व्यवस्थापन तथा नियमन विधेयक २०८० र सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको उनले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्