पोखराको बेगनासतालमा एक जना मृतावस्थामा फेला



पोखरा,असोज १७ । पोखरा-३१ लेखनाथ अलैँचीकुनास्थित बेगनासतालमा गएराति एक युवा मृतावस्थामा भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका-४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताए । 

उनका अनुसार श्रेष्ठको शव परीक्षणका लागि पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्